कास्कीमा पहिरोमा पुरिँदा एकजनाको मृत्यु, १ जना घाइते

राजेश नेपाली नेटवर्क,१६ श्रावण । कास्कीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा राति १ बजे पहिरोले घर पुरिँदा वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद रिजालले बताउनुभयो ।

लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्दै आउनुभएका माछापुछ«े गाउँपालिकाका सुनारको मृत्यु भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार घटनामा घाइते सुनारलाई बिहान उद्धार गरि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ भुर्जुङखोला घर भई सोही घरमा बस्ने सन्तोषका दिदी २७ वर्षका सुनिता सुनार घाइते हुनुभएको छ ।

उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments