नेप्सेमा सामान्य गिरावट, साढे ३ अर्बको कारोबार

राजेश नेपाली नेटवर्क,१७ श्रावण । साताको तेस्रो कारोबार दिन मंगलबार(आज) शेयर बजारमा सामान्य गिरावट भएको छ । आज बजार परिसूचक नेप्से २.८१ अंक (०.१३) प्रतिशतले घटेर २१९३.४३ अंकमा बन्द भएको छ ।

दिनभर तीब्र उतारचढाव देखिएको बजारमा उपसूचकहरुमा भने केही बढ्दा केही घटेको छ । बैंकिङ होटल तथा पर्यटन, विकास बैंक, जीवन तथा निर्जीवन बीमा, अन्य र लगानी उपसूचकमा गिरावट हुँदा व्यापार, हाइड्रोपावर, वित्त कम्पनी उत्पादनमुलक लघुवित्त लगायतका उपसूचक भने बढेको छ ।

आज कारोबार रकम साढे ३ अर्बबाट तल झरेको छ । दिनभर नेप्सेमा ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ३२ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २९ करोड ३२ लाख २७ हजार रुपैयाँको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ९ करोड ९५ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।

आज दिनभर बजारमा १८० कम्पनीको सेयर कारोबार भएकोमा ९२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८२ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ६ कम्पनीको सेयरमूल्य स्थिर छ । आज कारोबार भएकोमध्ये विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले वृद्धि भएर सर्किट लेभलमा बन्द हुँदा सामलिङ पावरको सेयरमूल्य ९.९८ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य ९.९७ प्रपतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ ।

Post a Comment

0 Comments