प्रतिनिधिसभाको बैठक आज बस्दै

राजेश नेपाली नेटवर्क, १३ भाद्र । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक (टीआरसी) लाई विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

यस्तै आजै बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सभापति निरा देवी जैरुले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन, २०७६ पेस गर्नेछिन्।

त्यसपछि राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको एकीकृत प्रतिवेदन, २०७९ पेस गर्नुहुने कार्यसूची छ।

Previous Post Next Post