सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे

रोल्पा,१५ आश्विन । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ। 

सल्यानकाे कुमाख गाउँपालिका- ७ जिमालीबाट खैराबाङ भगवती मन्दिर दर्शनका लागि जाँदै गरेकाे  रा १ ज ७९८ नम्बरकाे जीप जिमालीमा दुर्घटना भएकाे हाे। 


ज्यानमा गुमाउनेमा १४ वर्षीया एनका पुन र ३९ वर्षीय मानबहादुर पुन रहेका प्रहरीले जानकारी दिएकाे छ ।

दुर्घटनामा घाइते भएकाहरुकाे उद्धार गरी उपचारका लागि  जिल्ला अस्पताल सल्यान लैजाँदै गरिएकाे प्रहरीले जनाएकाे छ । 

Previous Post Next Post