राजेश नेपाली, नेटवर्क, १९ भाद्र । नेकपा एमालेका नेता भीम रावलको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको छ । अछाम क्षेत्र नम्बर १ बाट रावलको नाम एमालेले सर्वसम्मत सिफारिस गरेको हो ।
निर्वाचन क्षेत्र समितिको बैठकले रावलको नाम मात्र प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको एमाले अछामले जनाएको छ ।
रावल २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
Social Plugin