नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आज दुई खेल हुँदै

असोज २६,रोल्पा । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता बुधबार(आज) दुई खेल हुँदै छ । पोखरा क्रिकेट मैदानमा आज समूह ’बी’ का दुई खेलहरू हुँदै छन् ।

 
प्रतियोगिताको पहिलो खेलमा प्रदेश नम्बर १ र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।

 महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
 
समूह ’ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ । समूह ’बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
 
महिला क्रिकेट असोज १ कात्तिकसम्म हुनेछ । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भइसकेको छ ।
Previous Post Next Post