९ जनामा कोभिड १९ को संक्रमण,१६ जना संक्रमणमुक्त

राेल्पा । पछिल्लो २४ घण्टामा देशभर ९ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

१ हजार ६८३ वटा नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज १६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ७२ रहेको र जम्मा संक्रमितको संख्या ११ लाख ५३ हजार १३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Post a Comment

0 Comments