राेल्पा । दाङमा सवारी दुर्घटना हुदा १३ जना घाईते भएका छन् । आज दिउँसो करिब साढे १ बजे लमही नगरपालिका ६ बेलदमार स्थित घोराहीबाट बुटवलतर्फ जादै गरेको लु १ ख ८४७३ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको रा १ ख १३६० नम्बरको टिप्पर एक आपसमा ठोकीदा बसमा सवार ९ जना घाईते भएका हुन् ।
बस दुर्घटना भएपछि सोह बाटो खुलाउने क्रममा बसलाई ब्याक गर्ने क्रममा ब्र्रेक फेल भएर बा १० च ६९९२ नम्बरको कार तथा बागमती प्रदेश ०१-०२५ च ९४४८ नम्बरको कार, रा १ प ६४०१ नम्बरको मोटरसाईकल र भे ३ प ३८१२ नम्बरको मोटरसाईकल सोही बसमुनि पसि पुणर् रुपमा क्षति भएको छ । कारमा सवार ४ जना घाईते भएका छन् ।
अन्य दुई मोटरसाईकल चालकलाई भने सकुसल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कारमा सवार ४ जना घाईतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार गरि डिस्चार्ज गरिएको छ । अन्य ९ जनाको लमही अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

0 Comments