भारतले महाकालीमा बाँध बनाएपछि रवि लामिछानेको आक्रोश– ‘हाम्रो पुस्तालाई हस्तक्षेप स्वीकार्य छैन’

राेल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले दार्चुलामा भारतीय पक्षको ज्यादती स्वीकार्य नहुने बताउनुभएको छ । 

आज साेमवार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले महाकाली नदीको बहाव नेपालतर्फ धकेल्ने गरेर भारतले अनधिकृत पक्की संरचना बनाएको भन्दै त्यसको विरोध गर्नुभएको हो । 


नदी बहाव फर्काउने कुराको विरोध गर्दा भारतीय पक्षबाट हानेको ढुङ्गा लागी बालबालिका घाइते हुँदा पनि सरकारले देखिने गरी केही नगरेको भन्दै उहाँले नेपाल सरकारको पनि विरोध गर्नुभएको छ ।

नेपाली राष्ट्रिय राजनीतिमा नयाँ पुस्ताको आगमन भइसकेको र अब नयाँ शिराबाट कुरा गर्नुपर्ने भन्दै अध्यक्ष लामिछानेले दार्चुला, काठमाण्डाै वा दिल्ली कहाँ भेट्ने हो तय गर्नुपर्ने बताउनुभएको छ । 

निरीहताको निरन्तरता नयाँ पुस्तालाई स्वीकार्य नभएको लामिछानेले उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन तथा आफ्नो हक जोगाउन सरकार किन सक्दैन भनेर प्रश्नसमेत गर्नुभएको छ । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आजै विज्ञप्ति निकालेर दार्चुला घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Post a Comment

0 Comments