गुल्मीमा विषालु च्याउ खाँदा तीन जना बिरामी

 गुल्मी । विषालु च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् ।

च्याउ खाएर ईस्मा गाउँपालिका-६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षीय विमल कुमाल र आठ वर्षीया सुस्मा कुमाल बिरामी परेका हुन् । 

तीनै जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभएकोछ ।


हिजाे घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा उनीहरु बिरामी परेका सरिता कुमालका श्रीमान् वृषबहादुर कुमालले बताउनु भयो । 

Post a Comment

0 Comments