काठमाडौं । प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठक आज बस्दै छ । आजको बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नुहुने छ ।
संयुक्त बैठकमा आज दिउासो ४ बजे गुटेरेसले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । बैठक आरम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ। उहाँको सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।
संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको अभिलेख राख्नेछ । बैठकको तयारी अन्तिम चरणमा पुगिसकेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

0 Comments