काठमाडौंको गोठाटारमा गोली चल्यो

 काठमाडौं । काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो ।

भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताउनुभयो । मोहम्मद करिमको साथबाट प्रहरीले एकथान पेस्तोल बरामद गरेको छ ।



त्यस्तै उनको साथबाट २ सय ग्राम खैरो हेरोइन जस्तो पदार्थ र तराजु फेला परेको छ । प्रहरीले चलाएको एक राउण्ड गोली करिमको खुट्टामा लागेको एसपी रेग्मीले जानकारी दिनुभयो ।

Post a Comment

0 Comments