काठमाडौं । जाजरकोटमा भूकम्पले घर भत्काएपछि त्रिपालमुनि बस्ने गरेकी एक सुत्केरीको चिसोले मृत्यु भएको छ ।
नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको मृत्यु भएको हो । चदारा सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ ।
चदाराको गएराति चिसोबाट मृत्यु भएको नलगाड ८ का वडाध्यक्ष तेजबहादुर सिंहले जानकारी दिनुभयो । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भयो भने तीन सय ४६ घाइते भएका थिए ।भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । जारकोटमा चिसोले मृत्यु हुनेको संख्या यसअघि नै १४ पुगिसकेको छ ।
0 Comments