नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य घटेको छ भने हङकङ डलरको भाउ स्थिर रहेको छ । आज युरो १ को खरिद दर १४५.४० रुपियाँ र बिक्री दर १४६.०५ रहेकामा हिजो खरिद १४५.६२ रुपियाँ र बिक्री १४६.२७ रुपियाँ रहेको थियो ।
त्यसैगरी अघिल्लो कारोबार पाउन्ड १ को खरिद दर १७३.१९ रुपियाँ र बिक्री दर १७३.९७ रुपियाँ रहेको थियो, जुन आज खरिद १७२.९६ रुपियाँ र बिक्री १७३.७४ रुपियाँ तोकिएको छ । त्यस्तै बुधबार स्थानीय बजारमा हङकङ डलर १ को खरिद दर १७.१० रुपियाँ र बिक्री दर १७.१८ रुपियाँ निर्धारण गरिएको छ । हिजो पनि सोही दरमा कारोबार भएको थियो ।
0 Comments