नेपाली कांग्रेस परित्याग गरी १० जना माओवादीमा प्रवेश

 

खुमबहादुर सुनार

आर.एन नेटवर्क, भाद्र १ रोल्पा   रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका वडा नम्बर १ बाट  ५ जना र वडा नं. २ बाट  ५ जना नेपाली कांग्रेस परित्याग गरि  नेकपा माओवादीमा प्रबेश गरेको आयोजकले जानकारी दिएको छ । उक्त  नेकपा माओवादी केन्द्रको पार्टी प्रवेश  कार्यक्रममा १० जना युवाहरु माओवादीमा प्रबेश नेकपा माओवादी केन्द्रका लुङग्री गाउँपालिका पार्टी प्रभक्ता अमृत विष्टले बताउनु भएको थियो  ।

नेकपा माओवादी केन्द्र लुङ्ग्री  गाउँपालिकाका पार्टी अध्यक्ष खिमबहादुर केसीकाे अध्यक्षता रहेको थियो ।  कार्यक्रम तथा नव प्रवेशीलाई पार्टीमा स्वागत गर्नको लागि

 कार्यक्रमकाे  प्रमुख अतिथिः- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय बैकल्पिक सदस्य अासा बहादुर पुन क रक्तिमले कांग्रेस छाडिएर हाम्रो पार्टीमा प्रवेश गर्नुभएको बधाई तथा हाम्रो पार्टीलाई अझै सशक्त बनाउने तपाईँहरूको थप जिम्मेवारी हुनेछ र यसैगरी नयाँ युवाहरूलाई पनि तपाईँहरू जस्तो युवाहरूले हाम्रो पार्टीलाई ठूलो बनाउनको लागि थप प्रेरणा दिनुहुनेछ समेत उनले पठाउनु भएको थियो। लुङ्गी गाउँपालिका अन्य गाउँपालिकाको तुलनामा यस गाउँपालिका फरक र निर्धर रुपमा परिचालन गरी आफ्नो पार्टीलाई विशेष नाममा परिचित गर्न सकिने समेत उनले बताउनुभएको थियो।

कार्यक्रमका विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र का लुम्बिनी प्रदेश सदस्य तथा लुङ्गी  गाउँपालिकाका इन्चार्ज तुलाराम खड्का र नेकपा माओवादी केन्द्रका  लुम्बिनी प्रदेशका  विभागीय  सदस्य शिवप्रसाद केसी र 

अतिथिहरू गाउँपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष नेमबहादुर खड्का लुङ्गी गाउँपालिकाका अध्यक्ष भरत कुमार थापा र उपाध्यक्ष दिलकुमारी गुरुङ , जिल्ला समन्वय समिति रोल्पाका सदस्य मिना सुनार लगायतको उपस्थिति रहेको थियो। 

उक्त पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस लुङ्गी  गाउँपालिका वडा नम्बर १ का पार्टी सभापति बेगम रोका नेपाली कांग्रेस कांग्रेसका लुङ्गी गाउँपालिका वडा नम्बर २ का पार्टी सचिव नरेन्द्र खड्का,  पार्टी सदस्यहरू निरज बहादुर रोका, तिलक घर्ती मगर , रन्जित रोका मगर , मङ्गल सिंह परियार,  बिनाराम घर्ती मगर , नेक बहादुर जिसी , गुमान घर्ती मगर लगायत १० जना नेपाली कांग्रेस परित्याग गरी नेकपा माओवादीमा प्रवेश गरेका छन्र । 

नव आगन्तुहरुलाई फुलमाला लगाई अबिर लगाएर स्वागत गरिएको छ।

कार्यक्रम सञ्चालन अमृत विष्टले गर्नुभएको थियो ।

Post a Comment

0 Comments