आर.एन नेटवर्क, फागुन ०८ रोल्पा । भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ । प्रकृती गएको आइतबार कलेजको होस्टेलमा मृत भेटिएकी थिइन् ।
प्रकृतिको न्यायका लागि नेपालीसहित भारतीय विद्यार्थीहरूले पनि आन्दोलन गरेपछि केआईआईटी कलेज झुक्न बाध्य भएको हो । प्रकृतिको शव होस्टेलमै झुन्डिएको अवस्थामा भेटिएपछि न्यायिक छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीमाथि अपमानपूर्वक दमन गरिएको थियो ।
केआईआईटीकी संस्थापक अच्युता सामन्ताले प्रकृतिका नाममा छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेकी हुन् । केआईआईटी नेतृत्वले प्रकृतिका बुवा सुनिल लम्साल र काकासँग भेट गरेपछि छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा भएको हो ।

केआईआईटी संस्थापक सामन्ताले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाली विद्यार्थीको सुरक्षित फिर्तीबारे समेत कुराकानी गरेकी छन् । होस्टलमा ११ सय ८० जना नेपाली विद्यार्थी बस्दै आएकोमा अहिले त्यहाँ एक सयको हाराहारीमा मात्रै नेपाली विद्यार्थी रहेको विश्वविद्यालयले जनाएको छ।