लुङ्ग्री गाउँपालिकाबाट ४८७ विद्यार्थीहरुले एसईई परिक्षा दिदै

आर.एन नेटवर्क, चैत ०६ रोल्पा  । चैत्र ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) मा लुङ्ग्री गाउँपालिकाबाट ४८७ जना विद्यार्थीको रहेको जनाइएको छ । 

९ वटा विद्यालयबाट नियमित र ग्रेडबृद्धि गरी कुल ४८७ जना  बिद्यार्थीले एस.ई.ई. परिक्षा दिन लागेको लुङ्ग्री गाउँपालिका शिक्षा शाखा प्रमुख भेष बहादुर बिष्टले जानकारी दिएको छ । जसका लागी गाउँपालिका २ वटा परिक्षा केन्द्र तोकिएको छ । जसमा सुनछहरी गाउँपालिकाको जनता मावी गाम र नेपाल राष्ट्रिय मावी सिउरी रहेको गाउँपालिकाले जनाएको छ । 

Previous Post Next Post