प्यूठानमा ४ हजार ९ सय ४० जनाले एसइई परीक्षा दिँदै

हरि प्रसाद भण्डारी,आर.एन नेटवर्क, चैत ०६ रोल्पा  । चालु शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा(एसइई) बिहीबारदेखि सुरु हुँदै छ । परीक्षाका लागि उत्तर पुस्तिकाहरू सम्बन्धित परीक्षा केन्द्रमा पुगिसकेको छ । प्रश्न पत्र नजिकको प्रहरी कार्यालयमा पठाइएको शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले जनाएको छ ।

जिल्लाभरमा १७ वटा परीक्षा केन्द्रबाट ८५ विद्यालयका २ हजार ८ सय २६ छात्रा र २ हजार १ सय १४ छात्र गरी ४ हजार ९ सय ४० विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै छन् । परीक्षालाई व्यवस्थित रूपमा सञ्चालनका लागि आइतबार केन्द्राध्यक्षको नियुक्ति र अभिमुखीकरण गरिएको इकाईका सूचना अधिकारी महेन्द्र कुमार कुर्मीले बताए । 

गौमुखी मा।वि। ठुलावेशीमा ५ विद्यालयका ३ सय ७१, प्रभात मा।वि। आहाल खोलामा ५ विद्यालयका २ सय ६०, वाल शिक्षा मा।वि। मच्छिमा ६ विद्यालयका २ सय १८, लक्ष्मी मा।वि। वाङ्गेमरोठमा ५ विद्यालयका १ सय ७३, गङ्गा मा।वि। बाहानेको९क० केन्द्रमा ५ विद्यालयका २ सय ५९ र ९ख० केन्द्रमा ४ विद्यालयका २ सय ६, जनता मा।वि। बाग्दुलामा ४ विद्यालयका ३ सय २, कालिका आवासीय मा।वि।टारीमा ३ विद्यालयका ३ सय ६७, मुक्ति मा।वि। रातामाटामा ८ विद्यालयका ३ सय ६९ विद्यार्थी सहभागी हुदैछन् ।

त्यस्तै पब्लिक ईङलिस बोर्डिङ स्कुल दाखाक्वाडीमा ३ साधारण सहित ८ विद्यालयका प्राविधिक धार समेत ३ सय ५ , जनता मा।वि। बड्डाडाँमा ७ विद्यालयका ३ सय ६५, माण्डवी मा।वि।नयाँगाउमा ५ विद्यालयका ३ सय १५, विद्यानन्द मा।वि। जुडापाटामा ५ विद्यालयका २ सय ५३ , अमर मा।वि। भिङग्रीमा ८ विद्यालयका ३ सय ७९ , मोती मा।वि। बरौलामा ५ विद्यालयका ३ सय २५, भानुभक्त मा।वि। वर्वोटमा ४ विद्यालयका २ सय १ र महेन्द्र मा।वि। खलङ्गा  केन्द्रमा ३ विद्यालयका १ सय ६६ विद्यार्थी परीक्षामा सहभागी हुने इकाईले जानकारी दिएको छ ।

गत वर्ष जिल्लाको एसइई नतिजा खस्किएपछि जिल्लाका सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । शैक्षिक सत्र २०८० मा सञ्चालित एसइई परीक्षामा ३ हजार ९ सय ५० विद्यार्थी सहभागी भएकोमा ४ सय ८५ जना १२ प्रतिशत विद्यार्थी उतृर्ण भएका थिए । ८० वटा विद्यालय मध्य १७ विद्यालयका नतिजा शून्य रहेको थियो । एसइईको नतिजा बिग्रिएसँगै जिल्लाका स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाई प्यूठानले शैक्षिक सुधारका लागि यस वर्ष विभिन्न कार्यक्रमहरू गरेका छन् । विद्यालयहरूले अतिरिक्त कक्षा र आवासीय कक्षाहरू सञ्चालन गरेका छन् ।

Previous Post Next Post