गाडी तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न निर्देशन

राजेश नेपाली नेटवर्क, माघ १३ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा जनप्रतिनिधि चढेको गाडीमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ ।



मधेस प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले विज्ञप्ति निकालेर राष्ट्रियसभा चुनावमा मतदान गर्न जनकपुरधाम आएका जनप्रतिनिधिका गाडीमा गरिएको तोडफोड एवं हिंसाजन्य गतिविधिप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । पूर्व घोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि जनमत पार्टीका कार्यकर्ताले प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिकाका प्रमुख, उपप्रमुख, जलेश्वर अस्पतालका मेसु डा. सतिश साहलगायतका गाडीमा तोडफोड गर्नुका साथै आक्रमण गरेको घटनाको छानबिन गरी सम्बन्धित जनप्रतिनिधि एवं डाक्टरलाई क्षतिपूर्ति उपलब्ध गराउन एवं दोषीलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।

Post a Comment

0 Comments