राजेश नेपाली नेटवर्क, माघ १५ । सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो ।
विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोभिडविरुद्धको बुस्टर प्रदान गर्दा पहिला (दोस्रो र पहिलो मात्रा) अन्तर्गत कोभिसिल्ड – एस्ट्राजेनेका – मोडर्ना–फाइजर वा भेरोसेल खोप लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।
विश्व स्वास्थ्य संगठनको (स्ट्राटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्टस् अन इम्युनाइजेसन०ले १ महिना अघि एकथरी खोप लगाएकोले अर्को थरी खोप लगाउँदा रोगप्रतिरोधी क्षमताले राम्रो प्रतिक्रिया दिने बताएको थियो ।
यसअघि खोप सल्लाहकार समितिले पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो त्यही खोप बुस्टरमा पनि लगाउन सिफारिस गरेको थियो ।
त्यसैगरी पहिलो मात्रा खोप लगाएकाहरुलाई दोश्रो मात्रा दिन सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका दिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।
0 Comments