आजको मौसम : देशभर वर्षा तथा हिमपातको सम्भावना

राजेश नेपाली नेटवर्क, माघ १० । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कारण हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको पनि महाशाखाले जानकारी दिएको छ ।




आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । यी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेकोसमेत महाशाखाले भनाइ छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ ।

यस्तै, आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Post a Comment

0 Comments