कविता : स्वतन्त्र चरि
राजेश नेपाली नेटवर्क, फागुन १६। म चरि हुँ
स्वतन्त्र चरि
मलाई तिमी स्वतन्त्र उडेको मात्र देख्छौ
मलाई तिमी रमाएको मात्र देख्छौ
तिमी मेरो मन अनि भावना बुझ्न सक्दैनौ
मलाई तिमी ,
मात्र स्वतन्त्र देख्छौ
तिमीलाई के थाहा
मलाई घरि घरि तिमीले नै सताइरहेका छौ
म जहाँ हुन्छु
तिमी त्यहीँ ढुङ्गा हान्छौ
मैले आराम गरिरहँदा ,
तिमीलाई उडाउन मज्जा आउँछ
म तिमीलाई नै खुसि पार्न भएपनि उडिरहन्छु
मलाई तिमी नै उडाउँछौ घरिघरि
अनि भन्छौ स्वतन्त्र चरि
म तिमी भएको ठाउँमा किन बस्दिन
यो तिमी कहिल्यै सोच्दैनौ
म तिमी देखि परै बस्छु
थाकेर बस्छु
तर ,
तिमी उडाउन छोड्दैनौ
नजिक भए कराएर उडाउँछौ
टाढा भए ढुङ्गा हानेर उडाउँछौ
मलाई थकान मार्न दिदैनौ
अनि भन्छौ स्वतन्त्र चरि
वियोगको पिडा तिमी भन्दा म जान्दछु
तिमी मेरो जस्तै जोडि बनाउन चाहान्छौ तर ,
जानिजानि मेरो जोडि छुटाउँछौ
रमाउन मन मलाई पनि लाग्छ तिमीसँग
तर , डर लाग्छ
अनि म तिमीलाई देख्नासाथ भाग्छु
म भाग्दा तिमी रमाउँछौ
अनि भन्छौ स्वतन्त्र चरि
हो म चरि हुँ स्वतन्त्र चरि
0 Comments