स्थानीय निर्वाचन अभियान चलाउने काँग्रेसको निर्णय

राजेश नेपाली नेटवर्क, फागुन ३ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वैशाख ३० गते हुने निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै अभियान सञ्चालन गर्ने घोषणा गरेको हो ।



काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीको निर्वाचन घोषणापत्र सभापतिले परामर्श गरी सार्वजनिक गर्ने बताए । काँग्रेसले स्थानीय तहको निर्वाचन अभियानमा ‘घर–घर जाऊ काँग्रेस जिताउ’ नारा तय गरेको उनले बताए । फागुन २० गते देखि चैत ३० गतेसम्म निर्वाचन अभियान चलाइने महतले बताए ।

Previous Post Next Post