रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुंदा एक जनाको मृत्यु,४ घाइते

राजेश नेपाली नेटवर्क, फागुन ४ । रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाईते भएका छन् । जिल्लाको भुमे गाउंपालिका ४ कनालबगरमा रा १ च ३२४५ नंम्बरको ट्याक्टर दुर्घटना हुदां ट्याक्टरमा सवार भुमे ८ का १९ बर्षिय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक दिपेन्द्र बांनियाले जानकारी दिनुभयो । गम्भीर घाईते भएका दुई जनालाई रुकुम पूर्वअस्पतालमा उपचार गराई थप उपचारको लागि मंगलबार राति दाङ रिफर गरिएकोमा रोकाको बाटोमै मृत्यु भएको उहाले बताउनुभयो । अर्का भुमे ८ कै १९ बर्षिय सुन्दर रोकाको दाङमा उपचार भइरहेको छ । 



प्रहरीका अनुसार ट्याक्टरमा चालक सहित ४ जना सवार रहेका थिए। दुर्घटनामा परी आइते भएका २१ बर्षका चालक मोहन बि.क,१७ बर्षका मन प्रसाद बि.क र १६ बर्षिय विकास कामीकोे रुकुम पूर्व अस्पतालमा उपचार भैरहेको प्रहरी निरीक्षक बांनियाले बताउनुभयो । घाइते सबै भुमे ८ का हुन् । उनीहरुको अवस्था सामान्य छ । भुमे देखि रुकुमकोट तर्फ आईरहेको ट्याक्टर मंगलबार साझ ६ बजेरतिर दुर्घटनामा परेको  थियो । ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ट्याक्टर  सडकदेखि करिब ३ सय मिटर तल खसेको छ ।  

Post a Comment

0 Comments