कविता : दौडाइ

कविता : दौडाइ 

                  

 

 राजेश नेपाली नेटवर्क, फागुन १६।  म हिड्न खोज्छु आफ्नै तारमा 

तर घरिघरि दौडनु पर्छ 

मेरो दौडाइ सधै एकनास हुदैन 

लखेट्नेको कमि हुदा 

सहज लाग्छ 

विस्तारै हिड्छु 

जब , घोप्टिएर आउछन् सबै लखेट्न 

तब , मलाई दौडनै पर्छ 

मलाई रोक्न चाहन्छन् 

म झन दौडन्छु 


मलाई थाहा छ 

म उभिए भने लडाइन्छ 

लडे भने उठ्न दिइदैन 

थकान मलाई पनि लाग्छ 

म त्यो  थकान त्यहाँ गएर मार्न चाहन्छु 

जहाँ ,

मलाई लखेट्नेहरु मेरै सरणमा पुगेका हुनेछन् 

त्यसैले त म दौडन्छु 

उनिहरु भन्दा छिटोछिटो 


यो यात्रामा 

मलाई डर छैन नचिनेका सँग 

किनकि ,

उनिहरु बरु सँगै हिड्न खोज्लान तर लखेट्दैनन् 

डर छ त केबल आफ्नाहरु सँग 

उनिहरु प्रत्यक्ष देखा पर्दैनन् 

मेरो बाटोमा 

नचिनोस् भन्ने चाहन्छन् 

म चिन्छु 

एक एक गरि चिन्छु 

अनि त दौडिन्छु 


अचम्म लाग्छ 

मलाई लखेट्नेहरु 

म भन्दा अगाडि जान खोजेका पनि हैनन् 

त्यसो हुन्थ्यो भने त 

कि मेरो अगाडि हुनुपर्ने कि सँगसँगै हुनुपर्ने 

उनिहरु सधै मेरो पछाडि नै हुन्छन् 

हिम्मत हुन्थ्यो त 

अगाडि आएर बाटो नै बन्द गर्थे 

खुसि लाग्छ 

मलाई लखेट्दै गर्दा उनिहरु पनि 

केही कदम अगाडि पुग्छन् 

म उनिहरुक‌ै लागि पनि दौडन्छु 


वास्तवमा मलाई दौडाइएको त हैन 

रोक्न खोजिएको हो 

तर ,

म रोकिन भन्दा हिड्न चाहन्छु 

उनिहरु हिडाउन भन्दा दौडाउन चाहन्छन् 

त्यसैले म दौडन्छु 

गन्तव्य नभेटुन्जेल निरन्तर दौडिरहन्छु । 



  • लेखक 
  • बबिता रिजाल (प्युठान)



    Post a Comment

    0 Comments