Ticker

6/recent/ticker-posts

Ad Code

Responsive Advertisement

झापामा जुत्ता उद्योगमा आगलागी हुँदा आठ करोड ५० लाख रुपैयाँ बराबरकाे क्षति

राजेश नेपाली नेटवर्क, माघ २१ । झापाको मेचीनगरमा रहेकाे एक जुत्ता उद्योगमा आगलागी हुँदा आठ करोड ५० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ । मेचीनगर नगरपालिका–६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा हिजाे आगलागी भएकाे हाे ।



जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पाँच घण्टापछि मात्रै आगाे नियन्त्रणमा आएको थियो । 

उद्योगमा जुत्ता बनाउन प्रयोग हुने रबर, केमिकललगायत वस्तु भएकाले आगो नियन्त्रणमा लिन धेरै समय लागेको थियो । ११ वटा आगाे निभाउने यन्त्र प्रयाेग गरिएकाे प्रवक्ता पाठकले बताउनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीकाे सहयाेगमा आगाे नियन्त्रणमा लिइएकाे थियाे ।