कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै

राजेश नेपाली नेटवर्क, माघ २७ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको प्रथम बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।पौडेलका अनुसार बैठकमा म्याद सकिएका भातृ एवं शुभेच्छुक संस्थाबारे छलफल हुने छ । यसका साथै पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा पनि बैठकमा छलफल हुने एजेन्डा रहेको उहाँले बताउनुभयो ।



यसअघि बुधबार कांग्रेसका पदाधिकारीबीच म्याद गुज्रिएका भ्रातृ संस्थाको व्यवस्थापनबारे छलफल भएको थियो । प्रधानमन्त्रीनिवास बालुवाटारमा दिउँसो प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासहितको पदाधिकारी बैठकमा भ्रातृसंस्थाको व्यवस्थापनबारे छलफल भएको हो ।

Previous Post Next Post