काठमाडौंमा २० वर्षीय युवकमाथि चक्कु प्रहार

राजेश नेपाली नेटवर्क, आषाढ । काठमाडौंको नागर्जुन नगरपालिका बाफलमा एकजना विद्यार्थीमाथि चक्कु प्रहार भएको छ । कक्षा ११ मा पढ्ने २० वर्षीय अमन खानलाई दुईजनाले चक्कु प्रहार गरेका हुन् ।
 
उनले आफूमाथि चक्कु प्रहार भएको भन्दै प्रहरी वृत्त, कालिमाटीमा ठाडो निवेदन दिएको प्रहरी वृत्त, कालिमाटीका डीएसपी अनिल घिमिरेले बताउनुभयो । 

प्रहरीका अनुसार खानलाई कालिमाटीको माछाबजारमा धनुषा फ्रेस हाउस सञ्चालन गरी बस्ने अशोक यादव र सन्तोष यादवले कुटपिट तथा चक्कु प्रहार गरेको देखिएको छ ।
 
‘समूहको विवादमा घटना भएको जस्तो देखिन्छ, दुई जनालाई खोजी गरिरहेका छौं’, घिमिरेले भन्नुभयो, ‘अनुसन्धान गरिरहेका छौं ।’ पीडित खानले माछा पसलमा गएका बेला आफूमाथि बिना कारण कुटपिट र चक्कु प्रहार भएको बताएका छन् ।

Post a Comment

0 Comments