राष्ट्रिय सभाको बैठक बस्दै

राजेश नेपाली नेटवर्क,३० आषाढ  । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार आजको बैठकमा दिगो विभास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन तथा विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

यस्तै प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त रेल्वे विधेयक, औषधी तेस्रो संशोधन विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन विधेयक प्रस्तुत हुनेछ ।

Post a Comment

0 Comments