सुनको मूल्य आज १६ सय रुपैयाँले घट्यो

राजेश नेपाली नेटवर्क,२२ आषाढ  । सुनको मूल्य आज १ हजार ६ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँ रहेको मूल्य आज ९६ हजार रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य महंगो भएकाले सुनको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।

उहाँका अनुसार मूल्य अझै घट्न सक्ने सम्भावना छ । तर यसै भन्न सकिने अवस्था चाहीँ छैन । अहिले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको उहाँले बताउनुभयो ।

यस्तै , आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Post a Comment

0 Comments