यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

रोल्पा,२ आश्विन । सरकारले भदौ ३१ गते बसेको मन्त्रिपरिषदको बैठकका विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक संस्था सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गर्ने र संस्थान सुझावसम्बन्धी समिति गठन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् संञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्नद्रबहादुर कार्कीले यस्तो बताउनुभयो ।

सरकारले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले बेलायतकी महारानी एलिजावेथको यही १९ सेप्टेम्बरमा हुने अन्त्येष्टिमा सहभागीताका लागि नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा। नारायण खड्का नेतृत्वको टोली पठाउने निर्णय गरेको छ ।

यस्तै, बैठकले आगामी कात्तिक १ देखि ४ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने इन्टरपोलको ९० औं महासभामा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।

सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीलाई नियुक्त गरेको छ ।

nirnaya.jpg

Previous Post Next Post