रवीन्द्र मिश्रले गरे काठमाडौं १ बाट उम्मेदवारी घोषणा

रोल्पा,१४ आश्विन ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं १ बाट प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गर्नुभएको छ । हालैमात्र राप्रपा प्रवेश गरेका मिश्रले शुक्रबार(आज) बानेश्वरमा आफू समर्थकको भेलामार्फत उम्मेदवारी घोषणा गरेका गर्नुभएको हो । 


मिश्र २०७४ को संसदीय चुनावमा पनि सोही क्षेत्रमा उम्मेदवार रहनुभएको थियो । उहाँ त्यसबेला नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग थोरै मतान्तरमा पराजित हुनुभएको थियो ।
 
उम्मेदवारी घोषणा गर्दै मिश्रले काठमाडौं १ बाट चुनाव जित्दै आएका कांग्रेस नेता प्रकाशमानले १५ वर्षसम्म केही काम नगरेको आरोप लगाउनुभयो । 
 
बस्न योग्य नभएको काठमाडौंलाई व्यवस्थित बनाउने आफ्नो योजना रहेको मिश्रले बताउनुभयो ।
Previous Post Next Post