लोसपाकी पूर्वसांसद चौधरी कांग्रेसमा प्रवेश

रोल्पा,१२ आश्विन । लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँलाई पार्टीमा स्वागत गर्नुभएको हो। 


कांग्रेसले नेतृ चौधरीलाई सर्लाही–४ मा टिकट दिने निश्चित भएको स्रोतले बताएको छ । सर्लाही–४ मा डा। अमरेशकुमार सिंहले टिकटको दाबी गर्दै आउनुभएको छ। चौधरी पार्टी प्रवेश गरेपछि नेता सिंहले टिकट नपाउने लगभग निश्चित भएको छ ।
 
लोसपाका कार्यकारिणी सदस्य समेत रहेकी नेतृ चौधरी अध्यक्ष महन्त ठाकुर निकट हुनुहुन्छ। उहाँ लोसपाबाट समानुपातिक सांसद हुनुभएको थियो।  यस पटक समानुपातिकमा नपरेपछि उहाँ कांग्रेसमा प्रवेश गर्नुभएको हो ।
Previous Post Next Post