रोल्पा,३ आश्विन । देशभर पछिल्लो २४ घण्टामा ९१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
३ हजार ९२४ वटा नमुना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज १६५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।