असोज ३१,रोल्पा । नेपाली बजारमा सुनको मूल्य सोमबार(आज) बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज तोलामा २०० रुपैयाँले बढेर कारोबार भइरहेको छ ।
आइतबार तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।