काठमाण्डौकाे माैसम अहिले बदली भए पनि घाम लाग्ने

 रोल्पा । काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा अहिले बादल लागेको छ । हिजो यतिबेला घाम लागिसकेको थियो ।

तर, अहिले पश्चिमीसँगै स्थानीय वायुको प्रभावका कारण बादल लागेको तर, विस्तारै बादल हटी घाम लाग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यतिबेला प्रदेश १ र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि बादल लागेको छ ।

आज प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।   

Previous Post Next Post