पाँचवर्ष गठबन्धन दल एकैठाउँमा उभिनैपर्छ : गगन थापा

 रोल्पा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच दलीय गठबन्धन बनाएर चुनावमा गइसकेपछि कम्तिमा ५ वर्ष मतदातालाई धोखा दिन नहुने बताउनुभएको छ ।

नेपाली कांग्रेस ओखलढुंगा काठमाडौं सम्पर्क समितिले बुधवार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले गठबन्धन दलहरु कम्तिमा ५ वर्ष एक ठाउँमा उभिनै पर्ने बताउनुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘हामी एक ठाउँमा आउने स्थिति कसले बनायो जनतालाई बुझाउनुपर्छ । निर्वाचनअघि सँगै उभिएपछि ५ वर्षलाई मत मागेपछि ५ वर्ष मत हाल्ने मतदातालाई धोका दिन पाइँदैन,कसैको सनक,व्यक्तिगत आग्रह, महत्त्वाकाङ्क्षा पूरा भएन भनेर गठबन्धनभित्रका दलहरूलाई दायाँ बायाँ फर्किने हक छैन ।’

थापाले अब संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित भइसकेको र स्थानीय तहमा पनि दुई सरकार गठबन्धन दलहरुकै रहेकाले अब काम गरेर देखाउने चुनौती आएको बताउनुभयो ।

Previous Post Next Post