कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

रोल्पा । नेपाली कांग्रेसले चुनावी घोषणापत्र सोमबार(आज) सार्वजनिक गर्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बिहान साढे १० बजे घोषणापत्र सार्वजनिक  गर्ने तय भएको जानकारी दिनुभयो ।
 
यसअघि कांग्रेसले आइतबार साँझ  ५ बजे सार्वजनिक गर्ने तयारी गरेको थियो । तर केही विषय थप गर्नुपर्ने भएपछि मिति सरेको हो ।


कांग्रेसले डिजिटल घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । समितिका प्रवक्ता सहमहामन्त्री जीवन परियारका अनुसार घोषणापत्रको डिजिटल कपी जुममार्फत सार्वजनिक गर्न लागिएको हो ।

Previous Post Next Post