असोज ३१,रोल्पा । आईसीसी टी–२० विश्व कप क्रिकेटमा जिम्बावेले आयरल्यान्डलाई हराएकाे छ । हाेबार्टमा भएकाे खेलमा जिम्बावेले आयरल्यान्डलाई ३१ रनले हराएकाे हाे ।
जिम्बावेले दिएकाे एक सय ७५ रनकाे लक्ष्य पछ्याएकाे आयरल्यान्डले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय ४३ रनमात्र बनाउन सक्याे । आयरल्यान्डका लागि कर्टिक क्याम्फेरले २७, जर्ज डाेक्रेल र ग्यारेथ डिलेनीले २४/२४ रन बनाए । बलिङतर्फ जिम्बावेका ब्लेसिङ मुजराबानीले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे जिम्बावेले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७४ रन बनायाे । जिम्बावेका लागि सिकन्दर राजाले ८२ रन बनाए । बलिङतर्फ आयरल्यान्डका जाेशुवा लिटिलले तीन विकेट लिए ।
याे जितसँगै समूह 'बी' मा रहेकाे जिम्बावे दुई अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा उक्लिएकाे छ ।