बाँकेमा चुरा गाेदाममा आगलागी हुँदा १ जनाकाे ज्यान गयाे

राेल्पा । बाँकेमा चुरा गाेदाममा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आज आइतवार बिहान आगलागी हुँदा बर्दिया मधुवन नगरपालिका–८ बस्ने २५ वर्षका  समिर वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका वलीकाे भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको हो । बिजुलीकाे तार शर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । 


नेपाली सेना, प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा गाेदाममा लागेकाे आगो निभाइएको छ । आगलागीबाट ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

Previous Post Next Post