राेल्पा । मधेस प्रदेश सरकारले भोली पनि सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते भोली पनि मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी दिएको हो ।
संघीय सरकारले छठको मुख्य दिन अर्थात कात्तिक शुक्ल षष्ठीमा पर्ने ‘सझिया घाटे’को दिन मात्रै सार्वजनिक विदा दिने गरेको छ । तर सप्तमीको दिन बिहान सूर्यलाई अर्घ दिएपछि मात्रै छठपर्व समापन हुन्छ ।
मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी विज्ञप्तीमा लोक आस्थाको महापर्व छठ पर्वको शुभ उपलक्ष्यमा शुभकामना समेत दिइएको छ ।