थप २० जनामा कोरोना संक्रमण, ३४ जना संक्रमणमुक्त

राेल्पा । पछिल्लो २४ घण्टामा २० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । एक हजार ८४ वटा नमुना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो ।


त्यस्तै, आज ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Previous Post Next Post