कार्यक्रमस्थलमै शशांक कोइराला बेहोस भएपछि...

राेल्पा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला बिरामी हुनुभएको छ ।

नवलपुरको अमरापुरीमा आइतबार आयोजित चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा कोइराला बिरामी हुनुभएको हो । मंसिर ४ को चुनावका लागि कोइराला नवलपुर क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्छ ।

कोइराला चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस हुनुभएको हो । स्वकीय सचिव भरत तिवारीका अनुसार कोइरालाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

‘उहाँ चुनावी कार्यक्रममा सहभागी हुँदा बेहोस हुनुभएको हो। मेडिकल कलेजमा उपचार भइरहेको छ, उहाँको अवस्था सामान्य छ,’ तिवारीले भन्नुभयो ।

कोइरालाको होस फर्किसकेको छ।

Previous Post Next Post