कार्तिक २ ,रोल्पा । सरकारले आज र भोली देशभरका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि रोल्पामा पनि खुवाइने भएको छ । राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिना उमेरका बालबालिकालाई भिटामिन ए र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालय रोल्पाका अनुसार दुई दिने अभियानमा रोल्पाका २४ हजार ५ सय २९ जना बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने लक्ष्य रहेको छ ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ए र २०५८ सालदेखि जुकाको औषधि प्रत्येक वर्ष दुई पटक खुवाउँदै आएको छ । सोही समयमा छ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा वितरण गर्ने गरेको छ ।
सम्बन्धित वडा कार्यालयमा गएर खुवाउनको लागि स्वास्थ्य कार्यालय रोल्पाका फोकल फोकल प्रसन थापाले आग्रहसमेत गर्नुभएको छ । स्वास्थ्य कार्यालय रोल्पाले सम्बन्धित वडा कार्यालयमा गएर आफ्ना बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य कार्यालय रोल्पाका फोकल प्रसन थापाले आग्रहसमेत गर्नुभएको छ ।