ओलीले कात्तिक ४ गते नागरिकसँग कुराकानी गर्ने

कार्तिक २ ,रोल्पा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ गते नागरिकसँग टेलिफोन कुराकानी गर्नुहुने भएको छ ।

आज मङ्गलवार फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै ओलीले कात्तिक ४ गते शुक्रवार नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने जानकारी दिनुभएको हो । आउँदो चुनावलाई लक्षित गरेर मा केन्द्रित रहेर ओलीले नागरिकको सुझाव लिन खोजेको बताइएको छ ।

अध्यक्ष ओलीसँग कुराकानी गर्न चाहनेले आफ्नो नाम र नम्बर ओलीको फेसबुक पेजको म्यासेज बक्समा पठाउनुपर्ने छ । नम्बर पठाउनेलाई आफैँ फोन गरेर कुराकानी गर्ने उहाँले पोस्ट गर्नुभएको फोटोमा उल्लेख छ ।
Previous Post Next Post