आगलागीबाट क्षति पुगेका दाङका व्यवसायीलाई राहतका लागि कोष स्थापना

रोल्पा । गएराति दाङको घोराहीका ३ वटा फर्निचर उद्योग तथा एउटा शाे रुममा भएको आगलागीमा राहतका लागि कोष स्थापना गरिएको छ ।

दाङ उद्योग वाणिज्य संघले व्यावसायीहरुलाई राहतका लागि संघले २ लाखको कोष स्थापना गरेको छ । संघको मंगलवार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले क्षति पुगेका उद्योगी तथा व्यावसायीहरुलाई राहतका लागि संघले २ लाखको कोष स्थापना गर्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिह बुढाथोकीले जानकारी दिनुभयो ।

संघले स्थापना गरेको कोषमा सहयोग रकम जम्मा गर्नका लागि सम्पूर्ण उद्योगी, व्यवसायी तथा सहयोगी सबैमा संघले अनुरोध गरेको छ ।

Previous Post Next Post