कार्तिक ३, रोल्पा । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५७१ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५० तथा एन्टिजेन विधिबाट ३ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ५१ जना संक्रमणमुक्त पनि भएका छन् भने हाल देशभर सक्रिय संक्रमितको संख्या ७ सय २७ पुगेको छ ।
पछिल्लो सोही अवधिमा १५ हजार ३५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका मन्त्रालयले जनाएको छ ।