बझाङमा जीप दुर्घटना हुँदा ५ जनाकाे ज्यान गयाे

 कार्तिक २ ,रोल्पा । बझाङको मष्टा गाउँपालिकामा आज बुधवार जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् ।  

चैनपुरबाट मष्टा गाउँपालिकाका लागि छुटेको जीप सडकबाट खस्दा पाँच जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले उज्यालोलाई जानकारी दिनुभयो । 


घाइते नौ जनामध्ये केहीको अवस्था गम्भीर रहेको पनि उहाँले बताउनुभयो । प्रहरी र स्थानीयवासीको समन्वयमा नौ जनालाई नै अस्पताल पुर्‍याएर उपचार चलिरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।  

तस्बिर : हरिचन्द्र बाेहरा

Previous Post Next Post