नक्सालमा सिद्धार्थ बैंकको नवनिर्मित भवनको उद्घाटन

 रोल्पा । काठमाडौंको नक्सालमा नवनिर्मित सिद्धार्थ बैंक लिमिटेडको केन्द्रीय कार्यालय भवनको सोमबार उद्घाटन गरिएको छ ।

बैंकको २०औं वार्षिकोत्सवको अवसर पारेर बैंकका संस्थापक अध्यक्ष चिरञ्जीलाल अग्रवाल र वर्तमान अध्यक्ष मनोजकुमार केडियाले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् ।


कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु, बैंकका पूर्व सञ्चालकहरु, संस्थापक शेयरधनीहरु, बैंकको व्यवस्थापन एवं कर्मचारी तथा ग्राहकहरुको उपस्थिति रहेको थियो ।

भवन उद्घाटन कार्यक्रममा १५ वर्ष वा सोभन्दा बढी निरन्तर काम गरेका कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । ग्राहकहरुलाई अझै स्तरीय सेवा प्रदान गर्ने हेतुले केन्द्रीय कार्यालयको निर्माण गरिएको बैंकले जनाएको छ ।

Previous Post Next Post