एमाले सचिवालय बैठक भोली बस्ने

राेल्पा । नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान बस्ने भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिनुभयो ।

पार्टी कार्यालय च्यासलमा बस्ने बैठकले समानुपातिक सांसद्को नाम तय गर्नेछ । साथै बैठकमा निर्वाचनको समीक्षा र नयाँ सरकार गठनमा पार्टीको भूमिकाको विषयमा पनि छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरुको सूची भोलिसम्म पेस गर्न दलहरुलाई समय दिएको छ ।

Post a Comment

0 Comments